फेसबुकमा राखेका फोटो/भिडियो अब यसरि ट्रान्सफर गर्नुहोस् गुगल फोटोमा

Suman Khadka

  • Reading Time 3 min.

चर्चित सामाजिक सञ्जाल फेसबुकले गत हप्ता विश्वभर उपलब्ध हुने गरी एउटा नयाँ फिचर ल्याएको छ | जसले तपाइको फेसबुक एकाउन्टमा रहेका फोटो र भिडियोहरु लाई सोझै तपाइको गुगल फोटोमा पठाउन सकिन्छ |

पहिलो चरणमा डिसेम्बर २०१९ मा आयरल्यान्डबाट सुरु भएको यो सेवा फेसबुकले गत हप्ता देखी सबै देशका प्रयोगकर्तालाई उपलब्ध गराएको हो । यो सुविधा सँगै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा ‘ट्रान्सफर अ कपी अफ योर फोटो एन्ड भिडियो’ अप्सन देख्न सक्नेछन् । जसमार्फत प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फोटो ब्याकअपको रूपमा गुगल फोटोमा राख्न सक्नेछन् ।

यो सेवा कम्पनीले ओपन सोर्स डेटा ट्रान्सफर प्रोजेक्ट अन्तर्गत तयार पारेको हो । कम्पनीको ओपन सोर्स डेटा ट्रान्सफर प्रोजेक्टमा एप्पल, गुगल, माइक्रोसफ्ट, ट्विटर लगायतको सहभागिता रहेको छ ।

तर, पहिलो चरणमा भने गुगल फोटोबाट यसको सुरुवात गरिएको हो । यदि तपाईँ गुगल फोटोको प्रयोगकर्ता हो र आफूले खिचेको फोटो गुगल फोटोमा स्वतः ब्याकप गर्नहुन्न भने, तपाईँ जस्ता प्रयोगकर्ताका लागि यो सेवा उपयोगी हुनेछ ।

यो सेवा कसरी प्रयोग गर्ने?

तल लेखिएका निम्न स्टेपहरुले तपाई आफ्नो फेसबुकमा रहेका सम्पूर्ण फोटो वा भिडियो हरू गुगल फोटोमा कपि गर्न सक्नुहुन्छ, त्यसको लागि अरू कुनै तेस्रो टुल अथवा सफ्टवेयरको आवश्यकता पर्दैन |

पहिलो स्टेप: 

सुरुमा तपाईँले आफ्नो कम्प्युटर अथवा मोबाइल मा फेसबुक लगइन गर्नु पर्ने हुन्छ | लग इन गरिसकेपछि दायाँ भागको माथि अपसाइड डाउन त्रिकोण आइकनमा क्लिक गर्नुहोस् | त्यसपछि फेसबुक सेटिंग मा गएर ‘योर फेसबुक इन्फरमेसन’ मा क्लिक गर्नुहोस्  |

यदि मोबाइल बाट प्रयोग गर्दै हुनुहुन्छ भने, दायाँ भागमा ३ ओटा धर्का देख्नुहुन्छ त्यो धर्कामा क्लिक गर्नुहोस् | त्यसपछि त्यहाँ “सेटिंग एन्ड प्राइभेसी” भन्ने बटनमा क्लिक गर्नुहोस् | त्यसपछि सेटिंग भन्ने अप्सन देखिन्छ र स्क्रोल गर्दै तल जानुहोस् त्यहाँ “ट्रान्सफर अ कपि अफ योर फोटोज अर भिडियोज” भन्ने अप्सन देखिन्छ त्यहाँ  क्लिक गर्नुहोस् | 

दोस्रो स्टेप:

पहिलो स्टेप पुरा गरिसकेपछि अथवा “ट्रान्सफर अ कपि अफ योर फोटोज अर भिडियोज” मा क्लिक गरिसकेपछि तपाइले आफ्नो फेसबुकको पासवर्ड राख्नुपर्ने हुन्छ |

तेस्रो स्टेप:

दोस्रो स्टेप पुरा गरिसकेपछि, त्यहाँ “चुज डेस्टिनेसन” भने अप्सन देखिन्छ त्यो क्लिक गर्नुहोस् | त्यहाँ अहिले गुगल फोटो मात्र देखिन्छ | फेसबुकका अनुसार भविष्यमा अरू टुलहरू जस्तै एप्पल, माइक्रोसफ्ट, ट्विटर लगायतको सहभागिता पनि हुनेछ |

गुगल फोटोजमा क्लिक गरिसकेपछि, तपाइले फेसबुक मा राखेको फोटो हरू अथवा भिडियो हरू सेलेक्ट गर्नु पर्ने हुन्छ | यदि दुवै राख्ने हो भने एक एक गरेर राख्नुपर्ने हुन्छ | यदि फोटो हरूलाई गुगल फोटोजमा ट्रान्सफर गर्ने हो भने फोटोजमा क्लिक गर्नुहोस् र दायाँतिर रहेको नेक्स्ट बटनमा क्लिक गर्नुहोस् |

चौथो स्टेप:

तेस्रो स्टेप पुरा गरिसकेपछि अथवा नेक्स्ट बटन क्लिक गरिसकेपछि, तपाइलाई सिधै गुगल एकाउन्टमा पठाउँछ | यदि पहिले नै तपाइको मोबाइलमा अथवा कम्प्युटरमा जी मेल एकाउन्ट लग इन छ भने त्यही एकाउन्टमा अनुमति माग्छ |

अनुमति दिइसकेपछि अन्तिम स्टेप भनेको  “कन्फर्म ट्रान्सफर” मा क्लिक गर्नुहोस् | त्यसपछि तपाईँको ट्रान्सफर प्रोसेस सुरु हुन्छ  र फोटो हरूको साइज अनुसार ट्रान्सफर हुन समय तोकिएको हुन्छ र त्यही अनुसारको समय लाग्छ |

ट्रान्सफर भइसकेपछि कपि गरेको फोल्डर हेर्नलाई गुगल फोटोज मा जानुहोस् र त्यहाँ नयाँ फोल्डर देख्नुहुन्छ जहाँ “ कपि अफ (तपाइको फेसबुक एल्बमको नाम)” लेखिएको हुन्छ र त्यो फोल्डरमा क्लिक गरिसकेपछि तपाइको सम्पूर्ण फेसबुकमा रहेका फोटो र भिडियो हरू त्यहाँ देख्न सक्नुहुन्छ | 

यो खबर कभरखबर मा प्रकाशित छ |