बुढो हुने रहर कत्तिको सुरक्षित ?



के तपाईँले आफ्नो मोबाइलमा फेसएप नामको एप्लिकेसन डाउनलोड गर्नुभयो ? पक्कै गर्नुभयो होला । यदि गर्नुभएन भने पनि सोसल मिडियातिर साथीहरू बुढो भएको त पक्कै देख्नुभयो होला । हो आज त्यही बुढो बनाउने एपको बारेमा कुरा गरौँ न हुन्न ?

संसार प्रविधिमय भइरहेको छ । यति सम्म कि, दिनको सुरुवात र अत्य सम्म हामी प्रविधिकै प्रयोग गरेर गछौँ । जस्तो बिहान बिउँझने बित्तिकै मोबाइल हातमा लिएर फेसबुक, इन्स्टा, टुइटर लगायतका सामाजिक सञ्जाल स्क्रोल नगरी उठ्दैनौँ । र, सोही कार्य सुत्दा पनि दोहोरयाउछौँ । अनि दिनभर त भनिराख्नु नपर्ला । खान, लाउन र रमाइलो गर्न समेत मोबाइल फोन नभई हुँदैन ।

केही दिन यता, फेसबुक, ट्वीटर, इन्स्टा लगायतका सामाजिक सञ्जालहरूमा आफ्नो फोटोलाई एपको प्रयोग गरेर बुढो, जवान, जेन्डर चेन्ज गरेर बनाएर राख्नेको लर्को छ । एउटा एप जसले आर्टफेसिएल इन्टेलिजेन्सको सहायतामा फोटोलाई ट्रान्सफर्म गर्छ । त्यसलाई सामान्ने मान्छे देखि लिएर नामी सेलिब्रेटिहरुले समेत प्रयोग गरिसकेका छन् ।

के हो त फेसएप ?

फेसएप एउटा फोटो मर्फिङ मोबाइल एप्लिकेसन हो । जुन अनुहार परिवर्तन गर्नका लागि आर्टफेसिएल इन्टेलिजेन्सको प्रयोगद्धारा तपाईका वास्तविक तस्बिरलाई परिवर्तन गर्न उपयोग गरिन्छ ।

फेसएप एउटा फोटो मर्फिङ मोबाइल एप्लिकेसन हो । जुन अनुहार परिवर्तन गर्नका लागि आर्टफेसिएल इन्टेलिजेन्सको प्रयोगद्धारा तपाईका वास्तविक तस्बिरलाई परिवर्तन गर्न उपयोग गरिन्छ ।

सन २०१७ मा पहिलो पटक रसियन नागरिक यारोसलाभ गोन्चारोचले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टफेसिएल इन्टेलिजेन्स’ का साथ केही नयाँ फिचरहरू जस्तै ब्यूटिफूल स्माइल, युवा अवस्था वा बुढ्यौली पन, जेन्डर स्वाप्स र इमप्रुभ यौर सेल्फी विद् कुल स्टाइल फिल्टर्स ले गर्दा अहिले फेरी भाइरल भएको हो ।

फेसएपले तपाईँको तस्बिरमा फिल्टर जोड्न ‘ए आई’ को प्रयोग गर्छ । एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी इडिट एउटा न्युरल नेटवर्कमा निर्भर रहेको हुन्छ । यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् ।

यो एपले के के गर्न सक्छ ?

यो एपमा भएका फिचर्सहरुले निम्न प्रकारका कामहरू गर्न सक्छ ।

१. स्माइलः यहाँ भएको स्माइल फिल्टर्सले तपाइको मुहारमा मुस्कान थप्ने छ ।

२. योङ्ः यो फिल्टर्सको प्रयोग द्धारा तपाइको अनुहारलाई सानो बनाइ तपाइभन्दा जवान बनाउँछ ।

३. वल्डः वल्ड फिल्टर्सको प्रयोग बाट तपाइको अनुहारमा दाह्री जोडेर कपालको रङ्ग बदलेर तपाइभन्दा बुढो बनाउँछ ।

४. फिमेलः यो फिल्टर्सले यदि तपाइ पुरुष हुनुहुन्छ भने महिलाको अनुहार बनाउन सक्छ ।

५. मेलः फिमेल पिल्टर्स जस्तै, तपाईँ महिला हुनुहुन्छ भने तपाइको अनुहार पुरुषको बनाउन सक्छ ।

फेसएपले कसरी काम गर्छ ?

कुनै पनि स्टोर (गुगल प्ले स्टोर, आईओएस स्टोर) बाट फेसएप डाउनलोड गरेर तपाईँ एप लन्च गर्नुभयो भने एप्लिकेसनले तपाईँको ग्यालरीमा रहेका तस्बिरहरू उपयोग गर्न वा एपभित्रै पनि एउटा तस्बिर खिचेर प्रयोग गर्न सक्छ । एआईको प्रयोगबाट तपाईँको फोन ग्यालरीमा रहेको तस्बिर इडिट गरी दोब्बर वा तेब्बर उमेरको व्यक्तिका रूपमा तपाईँलाई प्रस्तुत गर्ने क्षमता राख्छ । यसले तपाईँको कपालको रङ्ग र दाह्री परिवर्तन गरी बुढो र जवान बनाउन सक्छ । त्यति मात्र होइन, ब्यूटिफूल स्माइल, जेन्डर स्वाप्स र इम्प्रुभ यौर सेल्फी विद् कुल स्टाइल फिल्टर्सबाट पनि फोटो इडिट गर्छ ।

के फेसएप सुरक्षित छ ?

पक्कै पनि छैन ।

कुनै पनि डिभाइसमा इन्टरनेट कनेक्सन भयो भने त्यो डिभाइसमा भएका सम्पूर्ण फाइलहरू, डाटाहरू कुनै न कुनै माध्यम मार्फत कसैले आइपि एडरेस पत्ता लगाएर एक्सेस गर्न सक्छ । त्यसैले इन्टरनेटमा बसिसकेपछि म सुरक्षित छु भनेर ढुक्क चाहिँ कहिल्यै नहुनुहोस् ।

हुन त कुनै पनि डिभाइसमा इन्टरनेट कनेक्सन भयो भने त्यो डिभाइसमा भएका सम्पूर्ण फाइलहरू, डाटाहरू कुनै न कुनै माध्यम मार्फत कसैले आइपि एडरेस पत्ता लगाएर एक्सेस गर्न सक्छ । त्यसैले इन्टरनेटमा बसिसकेपछि म सुरक्षित छु भनेर ढुक्क चाहिँ कहिल्यै नहुनुहोस् । तपाइले दैनिक जीवनमा प्रयोग गर्ने फेसबुक, गुगल लगायत सँग तपाई को हो ? कहाँ हुन्छ ? के गर्दै हुन्छ ? को सँग, कस्ता कुरा गर्नुहुन्छ ? तपाईँले चलाउने डिभाइसमा के के राख्नुभएको छ ? लगायतका थुप्रै कुराहरू उनीहरूले हेरिरहेका हुन्छन् ।

कुरा गरौँ फेसएपको सुरक्षा र चुनौतीको बारेमा

एकाएक भाइरल बनेको फेसएपमा पनि सुरक्षा र त्यसका चुनौतीहरू देखा परेका छन् । जस्तै यो एपमा क्लिक गरिसकेपछि तपाईँले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ ।

एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईँलाई बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ । यसका लागि एपले तपाईँ का फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई इडिट गर्छ । यो गर्नका लागि यसले तपाईँको क्यामेरा रोलका सबै तस्बिरहरूमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनै पनि तस्बिरलाई आफ्नो अनुकूल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।

यति मात्रै हैन तपाईँको स्वीकृति बिनै पनि डेटाहरू अरूलाई बेच्न सक्छ । यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत वञ्चित हुनुहुनेछ ।

यसको चुनौती भने सेलिब्रेटिहरुमा पर्ने सम्भावना धेरै देखिन्छ । किनकि उनीहरूले प्रयोग गर्ने डिभाइसमा भएका डेटाहरू लिग हुने सम्भावना धेरै हुन्छ ।

फेसएपको प्राइभेसी पोलिसी

तपाइले कहिल्यै कतै कुनै साइटमा नयाँ खोल्दा उसले दिएको प्राइभेसी कहिले पढ्नुभएको छ ? पक्कै छैन होला । हामी यति अल्छी छौँ कि, नपढी उसले दिएको टम्स एन्ड कन्डिसन् र प्राइभेसीमा एग्रि भइदिन्छौँ । झन् यो एपको टम्स एन्ड कन्डिसन् र प्राइभेसी त के पढ्नुभयो होला ? एक पटक पढ्नुहोस् है ।

फेसएपको प्राइभेसी पोलिसीमा गज्जबले वर्णन गरेको छ कि, एप्सले तस्बिरलाई आर्टफेसियल इन्टेलिजेन्स मार्फत टान्सफर्म गर्न तस्बिरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ । साथै प्रयोगकर्ताको ब्राउजर, आइपि एड्रेस, वेब रिक्वेस्ट, यूआरएल र कति पटक प्रयोग गरियो भन्नेसमेत जानकारी रेकर्ड गर्छ । यो एप्सको प्रयोग सम्बन्धी सर्तहरूमा प्रयोगकर्ताहरूको फाइलबारे अटोमेटिक जानकारी लिने उल्लेख गरिएको छ ।

यसरी प्रयोगकर्ताहरूको डाटा यो एप्सले संकलन गर्छ । र, विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरूबारे डाटा चोरी हुने जोखिम बढेको हो ।

यो आर्टिकल सल्लेरिखबर को लागि तयार पारिएको हो। https://www.sallerikhabar.com/archives/66273